मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाको अगुवाई र हुम्ला जिल्ला निवासी तथा फोटाग्राफर देवेन्द्र शाही को पहलमा हुम्ला जिल्लाका सबै स्थानिय तहमा स्वास्थय सामाग्रीहरु पठाउने भएको छ । उक्त स्वास्थय सामाग्रीहरु मगलबार हुम्ला जिल्लाका सासद रगमती शाहीलाई बरिष्ठकलाकार हरिवंश आचार्य, गायीका आनीछोयङ डोल्मा तथा मनघरी फाउण्डेशनका सल्लाहकार एव बरिष्ठ पर्यटन ब्यबसायी अमर शाहीले हस्तानान्तरण गर्नु हुनेछ । स्वास्थय सामाग्रीहरुमा ३० थान पीपीईसेट, १ हजार थान सर्जिकल मास्क, ३० थान फेसेल सिट, १२ थान फस्टएड किट र ७०र७० थान साबुन रहेको छ । उक्त स्वास्थ्य सामाग्रीहरु प्रारम्भ सामाजिक सस्था, राष्टिय आविष्कार केन्द्र, छेवाड लामा, चन्दु थापा, लिलाराम र सिंगापुर निवासी ज़्हेंग लिनत्तेले सहयोग गर्नु भएको हो । उक्त सामाग्रीहरु हुम्ला पठाउन तथा सम्बन्धीत निकायमा पुराउनका लागि फोटाग्राफर, शाहीले समन्वय गर्नु हुने छ । फाउण्डेशनले यस अघि डोल्पा तथा दैलेख जिल्लाका सैब स्थानिय तह तथा डोटीका दुई स्थानिय तहमा बिभिन्न संघसस्थासग सहकार्य गरेर स्वास्थय सामाग्रीहरु पठाईसकेको छ भने दैलेख जिल्लाकमा कार्यरत पत्रकारहरु साथीहरुलाई प्रेस ज्याकेट३० थान, के ९५ मास्क ३० थान,फेसलसिट ३० थान, सेनिटाईजर ३० थान पठाईसकेको छ ।

