कोरोना महामारीले पूरै नेपाललाई नै आतंकित बनाएको छ । नेपालमा दिन प्रतिदिन हालसम्म कोरनाका कारण मृत्यु भइरहेकोे छ भने संक्रमितको दर पनि दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । तर कोरोनाको उच्च जोखिममा रहेको कर्णाली प्रदेशमा न भनेजस्ता व्यवस्थित क्वारेन्टाइन नै छन स्वास्थ्यकर्मीलाई व्यवस्थित उपकरण नै । यस्तो अवस्थामा स्वास्थ्यकर्मी आफैं जोखिम मोलेर उपचारमा खटिन बाध्य छन । कोरोनाको महामारी सुरु भएसँगै कर्णालीका विभिन्न जिल्लामा स्वास्थ्य सामग्री सहयोग गर्दै मनघरी फाउण्डेसनले यसलाई निरन्तरता दिएको छ । फाउण्डेशनले जिल्ला अस्पताल र नेपाल पत्रकार महासंघ जाजरकोट शाखालाई स्वास्थ्य सामाग्री पठाएको हो ।जिल्ला अस्पतालकका लागि २० थान पीपीई सेट, २० थान फेसल सटि, २० थान के ९५ मास्क, ५ सय सर्जिकल मास्क र ५ लिटर सेनिटाईजर पठाएको छ भने जिल्लामा पत्रकारहरुका लागि १० थान प्रेस ज्याकेट, १० थान सेनीटाईजर, १० थान फेसल सिट, १० थान के ९५ मास्क पठाएको हो । यसै गरी फाउण्डेशनले नेपाल पत्रकार महासंघ सुर्खेतका लागि प्रेस ज्याकेट २० थान, सेनीटाइजर २० थान, के ९५ मास्क २० थान, फेसलसिट २० थान पठाईसकेको छ । यसै गरी रुकुमका पत्रकाहरुका लागि प्रेस ज्याकेट १० थान, सेनीटाइजर १० थान, के ९५ मास्क १० थान, फेसलसिट १० थान र जिल्ला अस्पतालकालागि २० थान पीपीइसेट, २० थान फेसल सिट र सल्यानका प्रेस ज्याकेट १० थान, सेनीटाइजर१० थान, के ९५ मास्क १० थान, फेसलसिट १० थान, जिल्ला अस्पतालकालागि २० थान पीपीइसेट, २० थान फेसल सिट र अन्य केही सामाग्रीहरु पठाउनका लागि तयारी गरीहेको छ । फाउण्डेशनले यस अघिहुम्ला, डोल्पा, मुगु र दैलेख जिल्लाका सबै स्थानिय तहलाई पीपीई सेट, मास्क, सेनीटाईजर लगाएतका स्वास्थय सामाग्री पठाई सकेको छ भने नेपाल पत्रकार महासंघ दैलेख शाखा र डोल्पा शाखाको लागि पनी प्रेस ज्याकेटका स्वास्थय सामाग्री हस्तानान्तरण गरीसकेको छ । पहुच र सुविधाका हिसाबले कर्णाली पछी परेको छ । एक अर्काबिच हातोमालो गर्दै अघि बढेमा कोराना नियन्त्रण् गर्न सकिने भएकाले कोभिडका नियत्रणमा अग्रमोर्चामा रहेर काम गरीरहको स्वास्थयकर्मी तथा सहि सुचान प्रदान गरीरहेका पत्रकारहरुको हौसला प्रदान गर्न स्वास्थय सामाग्रहरु प्रदान गरेको हाे । सुर्खेत,जाजरकोट, सल्यान र रुकुम पठाएको स्वास्थ्य सामाग्री लागि मनघरी फाउण्डेशनका सल्लाहकार सिए मनोज ज्ञवली र डा रविन खड्का समाजसेवी चन्दु थापा, खेलकर्मी एव समाजसेवी रविन्द्र चन्द ठकुरी, प्रारम्भ सामाजीक सस्था, आनी छोयड डोल्मा फाउण्डेशन, राष्टिय आविष्कार केन्द्र र दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाही, ले सहयोग गरेका छन् ।
थप सामग्री : https://www.himalkhabar.com/news/118281?fbclid=IwAR0TD6xQ9AVD5La-BfgNw_tUyGbwcLf2YLqR1VKlH37AhzFqraecW_3uY58


