मनघरी फाउण्डेसनले कर्णालीका चार जिल्लामा स्वास्थ्य सामग्री प्रदान

मनघरी फाउण्डेसनले कर्णालीका चार जिल्लाका विभिन्न निकायलाई कोरोना जोखिमबाट बच्न स्वास्थ्य सामग्री प्रदान गरेको छ। फाउण्डेसनले जाजरकोट अस्पताल, रुकुम पश्चिम अस्पताल, नेपाल पत्रकार महासंघ शाखा सुर्खैत, जाजरकोट र रुकुम शाखालाई स्वास्थ्य सामग्री सहयोग गरेको फाउण्डेसनका अध्यक्ष भरतबन्धु थापाले जानकारी दिए। जाजरकोट, सुर्खेत र रुकुम जिल्ला पत्रकार महासंघको सहजीकरणमा स्वास्थय सामाग्री हस्तान्तरण गरिएको छ। जिल्ला अस्पताल रुकुमलाई १५ सेट पीपीई, १५ थान फेस शिल्ड र १५ थान मास्क प्रदान गरिएको छ भने, जाजरकोट जिल्ला अस्पताललाई २० सेट पीपीई, २० थान फेस शिल्ड र २० थान मास्क प्रदान गरिएको छ। जिल्ला समन्वय समिति रुकुमका प्रमुख राजकुमार शरमानले स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक डाक्टर राजकुमार भुजेललाई स्वास्थ सामग्री हस्तान्तरण गरेका छन्। यस्तै, फाउन्डेसनले नै नेपाल पत्रकार महासंघ जिल्ला रुकुमलाई १० थान प्रेस ज्याकेट र १० थान के–९५ मास्क र १० थान फेसल शिल्ड प्रदान गरेको छ। सुर्खेतका लागि २०÷२० थान प्रेस ज्याकेट,स्यानिटाइजर, के–९५ मास्क, फेस सिल्ड प्रदान गरिएको छ। जाजरकोटका जिल्ला अस्पतालका लागि पनि पीपीई, के–९५ मास्क र फेसलसिट २०÷२० थान पठाइएको छने, स्यानिटाइजर पाँच लिटर पठाइएको फाउण्डेसनका अध्यक्ष थापाले जानकारी दिए। पत्रकारहरुका लागि ज्याकेट, मास्क, स्यानिटाइजर र फेसलसिट १०÷१० थान पठाइएको छ। सल्यानमा भने यसअघि नै पठाइसकेको उनले बताए। कोरोना प्रकोप फैलिययता फाउण्डेसनले कर्णालीका हुम्ला, डोल्पा, मुगु र दैलेख जिल्लाका सबै स्थानीय तहलाई पीपीई सेट, मास्क, स्यानिटाइजरलगायतका सामग्री पठाइसकेको छ। यस्तै, नेपाल पत्रकार महासंघ दैलेख शाखा र डोल्पा शाखाका लागि प्रेस ज्योकट र स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ। उनले सहयोगका रुपमा मात्र नभई एक अर्काबीचको हातेमालोका रुपमा लिन सम्बन्धित निकायका प्रतिनिधिलाई आग्रह गरेका छन्।.

मनघरी फाउण्डेसनले कर्णालीका चार जिल्लामा स्वास्थ्य सामग्री प्रदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top