धन्यवाद नेपाल पत्रकार संघ दैलेखलाई दैलेख अहिले कोरानाको ईपीसेन्टर जस्तै भएको सर्वविदीतै छ, यो अवस्थामा सबै संयमीत भएर लाग्नु पर्ने त छ नै , तर आफ्नो जिम्मेवारी पनी पुरा गर्नुपर्ने छ । कोरोनाको बढ्दो जोखिमका बिच पनि फिल्डमै खटिएर नागरिकलाई सही सूचना दिने काममअग्र मोर्चामा रहेका संचारकर्मी साथीहरु सग हातेमालो गर्नपाउदा हामीलाई खुसी लागेको छ । मनघरी फाण्डेशन नेपाल सहयोग र नेपाल पत्रकार संघ दैलेखको समन्वयमा दैलेखका ३० जना सञ्चार कर्मीहरू साथीहरुलाई ज्याकेट, के ९५ मास्क, सेनिटाईजर , फेसलसिट मन घरी फाण्डेशनका सल्लाहकार डाक्टर रबिन खड्का र दिपा शर्माले नेपाल पत्रकार सघ दैलेखका अध्यक्ष चक्र केसीलाई हस्तान्तरण गर्नुभएको छ । यो हाम्रो सहयोग भन्दा पनी एक अर्कालाई जोखिम पुर्ण अवस्थामा कार्यगर्न हौसला प्रदान गर्न सहयोग पुगोस भन्ने हेतु रहेको छ । विगतमा यस फाउण्डेशनले दैलेख जिल्लामा दुईपटक दैलेख जिल्लाका सबै स्थायिन तहरुमा स्वास्थय सामाग्रीहरु सहयोग गरेको सर्वविदीतै छ । त्यसै गरी डोल्पा जिल्लाका सबै स्थानियतहमा समेत सहयोग गरीसकेको छ । केही दिनमै हुम्लाका सबै स्थानिय तहमा समेत स्वास्थय सामाग्रीहरु पठाउने अन्तिम तयारी गरेको छ भने डोटीमा समेत सामाग्रीहरु पठाई सकेको छ । दैलेखका पत्रकार साथीहरुमा स्वास्थय सामाग्रीहरु प्रदान गर्नका लागि मनघरी फाउण्डशेनका अध्यक्ष भरतबन्धु थापा र सल्लाहकार डा रवीन खड्काले ज्याकेट र फेसलसिट प्रदान गर्नु भएको हो भने सेनीटाईजर मास्क प्रारम्भ सामाजीक सस्थाले सहयोग गरेको हो । भरतबन्धु थापाअध्यक्षमनघरी फाउण्डेशन .. . https://paschimnepal.com/2020/06/28123/…
http://jwalasandesh.com/?p=27961…https://merokarnali.com/2020/06/20/6339/…
